575
Shares
काठमाडौं । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले थप एक जना पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले मालपोत कार्यालय, डिल्लीबजारका पूर्व खरिदार गोपाल कार्कीलाई पक्राउ गरेको हो ।
उनलाई प्रहरीले रातोपुलबाट पक्राउ गरेको हो । अन्दाजी ८० वर्षका उनी जागिरबाट अवकाश भएको पनि २५ वर्ष भइसकेको सीआईबी स्रोतले जनाएको छ ।
सीआईबीले मंगलबार नै भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ५ जनालाई पक्राउ गरिसकेको छ ।