Logout

चर्चामा

तुवाँलो हट्न केही दिन लाग्ने‚ केही स्थानमा पानी पर्ने सम्भावना

993 Shares

काठमाडौं । अहिले बिहान देशको पहाडी भू–भागहरुमा मौसम आंशिक बदली रहेको छ। बाँकी भू–भागमा बदली नरहे पनि तुवाँलो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशका विभिन्न भेगका वनमा लागेको डढेलो नियन्त्रणमा नआएकाले तुवाँलो अझै केही दिन कायम नै रहने देखिएको महाशाखाका मौसमविद प्रतिभा मानन्धरले बताइन्। उनका अनुसार काठमाडौंमा आज बिहान दुई हजार मिटरसम्म रहेको भिजिबिलिटी चार हजारसम्म बढ्ने अनुमान गरिएको छ।

अहिले स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। राति पनि देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना पनि रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार