Logout

चर्चामा

नक्कली शरणार्थी प्रकरणमा दोषी उम्कन हुँदैन: ‌ओली

933 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणमा दोषीलाई उम्कन दिन नहुने बताएका छन्।

सिंहदरबारमा बिहीबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेपछि पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ओलीले दोषी उम्काउन पार्टीले प्रयास नगर्ने बताए।

‘नक्कली भुटानी शरणार्थीबारे निर्दोष पर्न भएन, दोषी उम्कन हुँदैन,’ ओलीले भने, ‘दोषी उम्काउने हाम्रो प्रयास हुँदैन।’

एमालेका सचिव टोपबहादुर रायमाझी पनि यो प्रकरणमा मुछिएका छन्।

अध्यक्ष ओलीले निर्दोषलाई फसाउन खोजिएमा पार्टीले नसहने पनि प्रतिक्रिया दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार