Logout

चर्चामा

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता,के भयो कुराकानी ?

1.8k Shares

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच शुक्रबार  सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षमा भेटवार्ता भएकाे हाे । उहाँहरुबीच संवैधानिक परिषद्को बैठक र प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भएको बताइएकाे छ ।

प्रमुख प्रतिपक्षी एमाले तथा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसबीच प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सहमति भएकाे थियाे । त्यसपछि संवैधानिक परिषद्काे बैठक बसेकाे थियाे । तर त्यस बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न भने सकेन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार