410
Shares
पोखरा । स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् ।आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका विजय अधिकारीलाई ११ मतले पराजित गर्दै अनेरास्ववियुका थापा सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियुको थापाले ५१ र नेविसंघका अधिकारीले ४० मत प्राप्त गरे ।
स्ववियुको सभापतिसहित प्रत्यक्षतर्फ अनुरास्ववियु प्यानल निर्वाचित भएको हो । सचिवमा कुसुम ढकाल, सदस्यहरूमा अमिशा सुनार र कविता गुरुङ निर्वाचित भएका हुन् ।
यसअघि अनेरास्ववियुबाट कोषाध्यक्षमा रेश्मी नेपाली निर्वाचित भइसकेकी छन् ।
समानुपातिकतर्फ भने मतगणना भइरहेको क्याम्पस निर्वाचन समितिले जनाएको छ ।