Logout

चर्चामा

चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार, फोक्सोले आफैं काम गर्न थाल्यो

418 Shares

काठमाडौँ । मुम्बईको बर्न अस्पतालमा उपचारत सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थामा सुधार हुदैँ आएको छ । नेकपा कांग्रेसका केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीका अनुसार शनिवार १२ः १५ बाट भण्डारीको कृतिम अक्सिजनको मात्रा ४५ प्रतिशतले घटाइएको छ, फोक्सोले आफै काम गर्न थालेको छ।  अब कृतिम अक्सिजनको मात्रा कम गर्दै जाने र सोमवारबाट भेन्टिलेटर हटाइने छ र हातको जलेको भागले काम गर्न थालेकोले अप्रेशन गर्न नपर्ने भएको मुम्बईमा साथमा रहेका माधव न्यौपानेले सन्देश पठाएको शिवाकोटीले जानकारी दिए ।

गत बिहिबार राती ग्याँस लिका हुँदा भण्डारी र उनकी आमा गम्भिर घाइते भएका थिए । उपचारका लागि सिभिल अस्पताल हुँदै किर्तिपुरस्थित बर्न अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नहुने भएपछि उनलाई मुम्बई लगिएको थियो । एअर एम्बुलेन्समार्फत मुम्बई लगिएका भण्डारीको उपचार जारी छ । तर, सोही घटनामा घाइते भएकी आमाको भने उपचारको क्रममा किर्तिपुर अस्पतालमा निधन भएको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार